राष्ट्रपति पौडेलद्वारा पाटनकाे कृष्ण मन्दिरमा पूजाअर्चना

 भदौ १०, २०८१ सोमबार १८:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्णजन्माष्टमी पर्वको उपलक्ष्यमा ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको छ । उहाँले पुजारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई पाटन कृष्ण मन्दिरमा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू र सांसदलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमी आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाउँदै छन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौं अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ ।

आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया