पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । जितगढी युद्धको सम्झनामा मनाइने रथ जात्रामा दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ । जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा जाँदैहुनुहुन्छ । उहाँ बिहान ११ बजे तानसेन पुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्ने कार्यक्रम छ । त्यसलगत्तै उहाँले तानसेनको आर्मी ब्यारेक दि फेमस महिन्द्र दल गणमा खाना खानुहुनेछ । त्यसपछि पाल्पाबाट निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउँनुभयो ।
राष्ट्रपति आउने भएपछि तानसेनको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । नेपाली सेनाले अङ्ग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रूपमा हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट भगवती जात्रा निकाल्ने गरिन्छ । वि.सं. १८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।
भगवतीको भाकल गरी युद्धमा गएका कर्णेल उजिरसिंहले विजय प्राप्त गरेपछि खुशीयालीमा भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।
साम्राज्य विस्तारवादको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा विजयोत्सवसहित भगवतीको रथयात्रा निकाल्ने चलन छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।