मुस्ताङमा फेरि हिमपहिरो

 भदौ १२, २०८१ बुधबार ६:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिनुभयो । यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो । पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया