काठमाण्डौका  तीन वटा स्वास्थ्य संस्थाको फोहोर उठाउन रोक

 भदौ १२, २०८१ बुधबार ९:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहाेर उठाउन रोक लगाइएको छ ।

महानगरपालिकाले हिजो गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले सङ्क्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहोर उठाउन रोक लगाइएको हो ।

दुवै स्वास्थ्य संस्थामा रङ्ग सङ्केतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्बिन पनि नराखेको पाइएको वातावरण व्यवस्थापन विभागको फोहाेरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताउनुभयो ।

उहाँले यी स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको नपाएपछि सम्भावित जोखिम घटाउन त्यहाँ फोहोर उठाउन रोक लगाइएको बताउनु भयो ।

यसअघि कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहोर उठाउन रोक लगाइएको थियो । २ दिनमा ४ वटा अस्पतालको अनुगमन गर्दा  तीन वटामा फोहोर उठाउन रोक लगाउनु परेको अवस्था छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया