अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

 भदौ १२, २०८१ बुधबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको छ । तीन वर्षअघि अमेरिका पुगेकी मुनाको शव हिजो उनी बस्ने अपार्टमेन्टमा भेटिएको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने हिमालय खबरले जनाएको छ ।

मुनाको छातीमा तीन वटा गोली लागेको छ । अपार्टमेन्टका अधिकारीहरूले खबर गरेपछि पुगेका एम्बुलेन्सका डाक्टरहरूले जाँच गर्दा मुनाको त्यसअघि नै ज्यान गइसकेको पाइएको हो ।

मुना गएको शनिवारदेखि नै सम्पर्कविहीन भएकी थिइन् । मुनाले नै कोठामा राखेको सर्भिलेन्स क्यामेराको भिडियोमा उनलाई ओछ्यानमै गोली हानेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको बताइएको छ । अमेरिकाको टेक्सासमा एक महिनाअघि पनि ३० वर्षीय दिपक वलीको गोली हानेर हत्या भएको थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया