वर्षाका कारण कालिकोटमा विद्युत सेवा र सडक अवरुद्ध

 भदौ १३, २०८१ बिहीबार ८:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालिकोट – कालिकोटमा हिजोदेखि विद्युत सेवा अबरूद्ध भएको छ । विद्युत सेवा अबरूद्ध हुँदा त्यहाँका सेवाग्राहीहरू समस्यामा परेका छन् । हिजो परेको ठूलो पानीले डुल्लु – कालिकोट प्रसारण लाइनमा समस्या आएका कारण विद्युत  सेवा अबरूद्ध भएको हो ।

विद्यतु सेवा अबरुद्ध  हुँदा सञ्चार माध्यम, सरकारी कामकाज, बैंकहरू, ईन्टरनेट लगायत सञ्चालन गर्न समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । विद्युत प्राधिकरणले समस्या भएको ठाउँ अझै पत्ता लगाउन नसकेकोले मर्मतमा ढिलाई भइरहेको छ ।

यसैबीच, कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षापछि हिजो कालीकोटको विभिन्न ठाउँमा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । पटक पटक भइरहेको सडक अबरुद्धले यात्रुलाई सास्ती भएको छ ।

सडक अवरुद्ध हुँदा सुर्खेत, दैलेख, कालिकोट र जुम्लाबाट विभिन्न ठाउँमा आउजाउ गर्ने गाडी र यात्रुलाई समस्या भएको छ । पाँच भन्दा धेरै ठाउँमा पहिरो गएकोले त्यसलाई पन्छाएर सडक खुलाउन समय लाग्ने जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया