अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक

 भदौ १३, २०८१ बिहीबार १४:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरेको अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।

तस्बिरमा ती व्यक्तिले नीलो रङ्गको टी–शर्ट लगाएको देखिन्छ । तर अभियुक्तको पहिचान खुल्न बाँकी रहेको र प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको खबरमा उल्लेख छ ।

सीसीटीभी फुटेजमा ती व्यक्ति मुना मृत भेटिएको ठाउँमा अगस्ट २४ को बेलुकी ९ बजेर ४८ मिनेटमा देखिएका छन् । मुनाको शव गएको सोमवार बेलुकी ह्युस्टनमा उनी बस्ने अपार्टमेन्टमा भेटिएको थियो ।

तीन वर्षअघि अमेरिका पुगेकी मुना टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत थिइन् । उनको घर भोजपुर रहेको बताइएको छ ।

अमेरिकाको टेक्सासमा एक महिनाअघि पनि ३० वर्षीय दीपक वलीको गोली हानेर हत्या भएको थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया