पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ ।
जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा.पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो ।
अरु ठाउँमा देखिएको प्रकोपलाई गम्भीरतापूर्वक लिनुपर्ने र ढुक्क भएर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ । यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको डा. पुनले बताउनुभयो ।
यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उहाँले बताउनुभयो । सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो ।
ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।