गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू

 भदौ १६, २०८१ आइतबार १२:५८:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ ।

तीन दिनसम्म चल्ने अभियानमा १० वर्षभन्दा कम उमेर समूहका ९० प्रतिशत अर्थात् ६ लाख ४० हजार बालबालिकालाई खोप लगाउने डब्ल्यूएचओले जनाएको छ । छोटो समयमा धेरै बालबालिकालाई खोप लगाउनुपर्ने भए पनि लक्ष्य पूरा गर्ने विश्वास रहेको डब्ल्यूएचओको भनाइ छ ।

गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायलले युद्ध रोकेको छ । अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्नेछ । यो खोप अभियानको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ र युनिसेफसँगको सहकार्यमा अनुगमन गर्नेछ । अभियानमा २ हजार जना स्वास्थ्यकर्मी सहभागी भएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया