चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
रुसले तालिम दिएर जासुसी गर्न प्रयोग गरेको आरोप लागेको 'ह्वाल्दिमिर' नामको ह्वेल नर्वेको तट नजिकै मृत अवस्थामा फेला परेको छ । जीवको गतिविधि अध्ययन गर्दै आएको मरीन माइन्ड नामको संस्थाले 'बलुगा प्रजाति' को ह्वाल्दिमिरको शव फेला पारेको हो ।
बलुगा प्रजातिका ह्वेल ६० वर्षसम्म बाँच्छन् । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको तर मृत्युको कारण थाहा भइनसकेको मरीन माइन्डलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
नर्वेले त्यो ह्वेलको नाम ह्वाल्दिमिर राखेको थियो । नर्वेली भाषामा ह्वेललाई ह्वाल भन्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो नाम मिसाएर त्यसलाई ह्वाल्दिमिर भन्न थालेको बीबीसीले जनाएको छ ।
पाँच वर्षअघि नर्वेको पानीमा पहिलो पटक देखा परेको ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो । त्यसमा गोप्रो क्यामरा जडान गरिएको थियो । त्यसपछि नर्वेले रुसले ह्वेललाई जासुसका लागि प्रयोग गरेको आरोप लगाएको थियो ।
यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसले पहिलादेखि नै डल्फिनजस्ता समुद्री जीवलाई सैन्य प्रयोजनका लागि तालिम दिँदै आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।