अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगर...
मंसिर ७, २०८१ शुक्रबार
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले व्यवस्थापिका–संसद्को चुनावपछि झण्डै दुई महिनादेखि भइरहेको गतिरोध अन्त्य गरेर नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिनुभएको छ । गएको जुलाई ७ तारिखमा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन ।
फ्रान्समा म्याक्रोँनका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको संसदमा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । नयाँ प्रधानमन्त्रीको विषयमा वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री बर्नार्ड काझेनेभ र दक्षिणपन्थी पूर्वमन्त्री जेभियर बट्रान्डले म्याक्रोँनसँग छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।
फ्रान्सेली राष्ट्रपतिले हिजो पूर्व राष्ट्रपतिहरू निकोलस सारकोजी र समाजवादी फ्रान्कोइस ओलान्दसँग पनि भेट गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । म्याक्रोँनले आउँदो तीन वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।