पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा आज उपमेयर डङ्गोलले मेयर शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनुभएको हो ।
काठमाण्डौका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वाेच्च अदालतको फैसलापछि महानगरले सूचना जारी गरेको थियो । त्यही सूचनालाई लिएर डङ्गोलले शाहप्रति प्रश्न उठाउनुभएको हो । महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार लेखिएको भन्दै उपमेयर डङ्गोलले प्रश्न उठाउनुभएको हो । डङ्गोलले त्यो निर्णय महानगरको हो कि होइन भन्दै प्रश्न गर्नुभयो ।
यस्तै आजको कार्यपालिका बैठकमा काठमाण्डौ महानगरपालिका वडान नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सर्वाेच्चको फैसलालाई लिएर मेयर शाहले हतारिएर सूचना निकालेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।