कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १ सय २९ जनाको ज्यान गयो

 भदौ १८, २०८१ मंगलबार १८:२७:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उहाँले बताउनुभएको छ ।

धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका मन्त्रालयको भनाइ छ । कतिपय महिलाहरू बलात्कृतसमेत भएका मन्त्री शाबानीले बताउनुभएको छ ।

जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको छ । कङ्गो सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई अहिले स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया