११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग भेट गर्नुभएको छ । गएको वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले फक्राउ पूर्जी जारी गरेपछि आईसीसीको सदस्य देशमा पुटिनको यो पहिलो भ्रमण हो ।
आईसिसी, युक्रेन र पश्चिमा देशहरूको आह्वानविरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको भ्रमणका क्रममा पुटिनलाई मङ्गोलियाले भव्य स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०२२ मा रुसी सेनाले युक्रेनमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगमा रहेको आईसीसीले पुटिनलाई पक्राउ गर्न खोजिरहेको छ । युक्रेनले मङ्गोलियालाई पक्राउ पूर्जीको कार्यान्वयन गर्न आग्रह गर्दै आईसीसीले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने दायित्व सम्पूर्ण सदस्य राष्ट्रहरूको रहेको बताएको थियो । पुटिनको भ्रमणपछि युक्रेनले आक्रोश व्यक्त गर्दै मङ्गोलिया पनि युद्ध अपराधमा संलग्न रहेको आरोप लगाएको छ ।
रुस र चीनको बीचमा रहेको मङ्गोलियाको रुससँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै चीनसँग महत्त्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ । सोभियत सङ्घमा रहेको मङ्गोलियाले सन् १९९१ मा सोभियत सङ्घ विघटन भएदेखि रुस र चीन दुबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ । मङ्गोलियाले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राष्ट्रसङ्घमा मतदान गर्दा अनुपस्थित रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।