इजरायलमा आक्रमण गरेको आरोपमा हमासका नेताहरूविरुद्ध अमेरिकामा मुद्दा

 भदौ १९, २०८१ बुधबार १५:१९:५६ | एजेन्सी
unn.prixa.net

हमास नेता याह्या सिनवार, तस्बिर : एजेन्सी

गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेको प्यालेस्टिनी विद्रोही समूहका हमास नेता याह्या सिनवार लगायत शीर्ष नेताहरूविरुद्ध अमेरिकामा आपराधिक मुद्दा दर्ता भएको छ ।

अमेरिकी न्याय विभागले हमासका ६ जना नेताविरुद्ध मुद्दा चलाइएको बताएको बीबीसीले जनाएको छ । हमासका नेताहरूमाथि अमेरिकी नेताहरूको हत्या, आतङ्कवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका सात वटा अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

अमेरिकाले मुद्दा चलाएका नेताहरूमध्ये तीन जनाको इजरायलको आक्रमणमा ज्यान गइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको ज्यान गइसकेको हो । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ ।

अमेरिकाको न्याय विभागले हमासबाट भएका आक्रमणमा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने प्रयास शुरु भएको बताएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया