थाइल्यान्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रिमण्डल गठन

 भदौ १९, २०८१ बुधबार १८:२९:२४ | एजेन्सी
unn.prixa.net

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा, तस्बिर : एजेन्सी

थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको घोषणा गर्नुभएको छ । उहाँले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएर आज मन्त्रिमण्डल घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीकी प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रिमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै आधिकारिकता दिनुभएको छ ।

अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गएको महिना थाइल्यान्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो । उहाँले यस पहिलेका धेरै शीर्ष मन्त्रीहरूलाई परिवर्तन गर्नुभएको छैन तर सत्तारूढ गठबन्धनबाट पूर्व सेना प्रमुख र सरकारविरुद्धको ‘कु’ को योजनाकार मानिने प्रवित वोङसुवानको नेतृत्वमा रहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) लाई हटाउनुभएको खबरमा उल्लेख छ ।

नयाँ मन्त्रिपरिषद्ले आफ्नो नीतिगत प्रस्ताव अर्काे हप्ताको शुरूमा संसद्मा पेश गर्न सक्ने सरकारका प्रमुख सचेतक विसुत चैनरुनले बताउनुभएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया