रुसले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको अमेरिकाको आरोप

 भदौ २०, २०८१ बिहीबार १२:४५:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो ।

रुस समर्थक सञ्चारमाध्यमका कारण अमेरिकाका संस्थाहरूप्रति नागरिकको विश्वासमा आँच पुर्‍याउने प्रयास भइरहेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ । रुसी टेलिभिजन आरटीले भने चुनाव हस्तक्षेपमा आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताउनुभएको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले नोभेम्बरमा हुने राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको दौडमा मस्को आफूलाई मनपर्ने परिणाम सुरक्षित गर्न लागिपरेको बताउनुभएको छ ।

राष्ट्रपति जो बाइडेन प्रशासनले आरटीमा रुस समर्थक प्रचार र गलत जानकारी फैलाउन भुक्तानी गरेको आरोप लगाउँदै मुद्दा चलाएको छ । यस्तै रुसको क्रेमलिनको समर्थनमा सञ्चालित मिडियाका कर्मचारीहरूलाई भिसा प्रतिबन्ध पनि लगाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया