अस्पतालकाे सेवा प्रवाह प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

 भदौ २०, २०८१ बिहीबार १८:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आजकाे बैठकले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाई आमनागरिकको सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बीमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिएकाे छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताउनुभएको छ । अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय तथा कर्मचारीका बेग्लाबेग्लै बीमा रहेको स्मरण गराउँदै उहाँले सबैलाई एकीकृत प्रणालीमा राखेमा प्रभावकारी हुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया