चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ । कैलालीको टीकापुर, बलिया, बचिला र आसपास पनि ठूलो पानी परेको छ । बाग्लुङको म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा पानी परेको छ ।
त्यस्तै सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढाप, गोब्रे, बाउनेपाटी, बोल्डे, ढुङ्गे वर्षामापन केन्द्र र आसपासमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पानी पर्ने क्रम निरन्तर रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदी तथा हाडी खोला र अन्य स–साना खोलामा बाढीको जोखिम छ ।
जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।