धुलिखेल–खावा सडकमा आज र भाेलि पनि टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक

 भदौ २२, २०८१ शनिबार १५:६:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रे – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकमा थप दुई दिन टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक लगाएको छ । सडक मर्मत कार्यका लागि अस्ति र हिजो गरी दुई दिन मालबाहक गाडीलाई रोक लगाएकोमा काम नसकिएपछि आज र भोलिका लागि समय थप गरेको कार्यालयले जनाएको छ ।

काठमाण्डौ काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो । जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको छ ।

मालबहाक गाडीको भारबहन क्षमतालाई ख्याल गरेर बलियो बनाउन नेपालमा नै पहिलोपटक धुलिखेल खावा सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना रहेको छ ।   

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया