पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन हुने पक्का, बी एन्ड सी मेडिकल कलेजलाई ५० वटा कोटा

 भदौ २२, २०८१ शनिबार १८:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन/अध्यापन हुने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० जना विद्यार्थी पढाउन पाउनेगरी कोटासमेत छुट्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएस पढाई शुरु हुनु खुसीको विषय भएको बताउनुभएको छ । मन्त्री पौडेलले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमासमेत यसै वर्षदेखि एमबीबीएस अध्ययन अध्यापन गराउने गरी तयारी भइरहेको बताउनुभएको छ ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको पढाई शुरु गर्ने लक्ष्य लिएको छ ।

यस्तै आयोगले व्यवसायी दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई पनि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन पाउनेगरी कोटा दिएको छ । आयोगले गएको बिहिवार २५ वटा अस्पताल, मेडिकल कलेज तथा प्रतिष्ठानलाई २१ सय ४० जना विद्यार्थीको कोटा छुट्याइदिएको हो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया