जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन

 भदौ २३, २०८१ आइतबार ९:२२:३८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रदर्शनका कारण हिजो सियोलको ट्राफिक अस्तव्यस्त भएको थियो । यो वर्षकै ठूलो प्रदर्शनमा बालबालिकादेखि वृद्धवृद्धासम्म उपस्थित थिए । केही वर्ष पहिले दक्षिण कोरियाको जलवायु ठीकै रहेकोमा सरकारले बेलैमा उपयुक्त नीति नल्याउँदा अहिले अवस्था विग्रिसकेको प्रदर्शनकारीको आरोप छ ।

जलवायु परिवर्तनबाट नागरिकको जीवन रक्षा र मानव अधिकारको सम्मानका लागि सरकारले पहल नगरेको पनि उनीहरुको भनाइ छ । दक्षिण कोरियाको सर्वोच्च अदालतले गएको महिना देशको जलवायु परिवर्तन कानून आधारभूत मानव अधिकारको रक्षा गर्न र भावी पुस्तालाई रक्षा गर्न असफल भइरहेको बताएको थियो ।

सन् २०५० सम्म कार्बन उत्सर्जन शुन्यमा झार्ने लक्ष्य राखेको दक्षिण कोरियाले यसलाई पूरा गर्नेगरी काम गरेको छैन । दक्षिण कोरिया संसारका २० वटा ठूला अर्थतन्त्रको समूहमा अष्ट्रेलिया पछि सबैभन्दा ठूलो कोइला प्रदूषक हो । त्यहाँ नवीकरणीय उर्जाको प्रयोग निकै कम मात्रामा भइरहेको छ ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया