स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो

 भदौ २३, २०८१ आइतबार १८:२९:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजीरा

स्पेनले भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई राजनीतिक शरण दिएको छ । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहनुभएका भेनेजुएलाका विपक्षी नेता उरुटियालाई स्पेनले आज राजनीतिक शरण दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई २८ मा भएको राष्ट्रपतीय चुनावपछि उत्पन्न तनावबीच उरुटियालाई सरकारले पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता उहाँ लुकेर बस्नुभएको थियो । स्पेनी दूतावासमा पुग्नुभएका उरुटिया स्पेनी हवाई सेनाको विमानमार्फत स्पेन पुग्नुभएको हो । स्पेनी दूतावासमा राष्ट्रपति मदुरोका चार जना प्रतिस्पर्धीले शरण लिइरहेका छन् ।

चुनावमा सरकारले 'नेशनल इलेक्टोरल काउन्सिल' (सीएनई) लाई नियन्त्रणमा लिएर निकोलस मदुरोलाई निर्वाचित भएको घोषणा गरेको थियो । गएको जुलाईमा भएको राष्ट्रपतीय चुनावपछि भेनेजुलयामा राजनीतिक सङ्कट बढेको छ । विपक्षी दलले राष्ट्रपतिमा उरुटिया विजयी भएको र त्यसको आफूहरूसँग प्रमाण रहेको बताउँदै आएका छन् । अमेरिका, युरोपेली सङ्घ र कतिपय ल्याटिन अमेरिकी देशले विस्तृत विवरण सार्वजनिक नगरिएको चुनावको नतिजा अस्वीकार गर्दै आएका छन् ।

मदुरो नेतृत्वको सरकारले चुनावयता मात्रै दुई हजार चार सय जनालाई पक्राउ गरिसकेको बीबीसीले जनाएको छ । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया