सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपतिका लागि उम्मेद्वार कमला ह्यारिस र डोनाल्ड ट्रम्प आज टेलिभिजन मार्फत हुने राष्ट्रपतीय बहसमा सहभागी हुनुहुने भएको छ । अमेरिकामा आज दोस्रो चरणको राष्ट्रपतीय बहस हुन लागेको हो । यसअघि भएको पहिलो चरणको बहसमा ट्रम्प र चुनावबाट बाहिरिने निर्णय गर्नुअघि राष्ट्रपति जो वाइडेन सहभागी हुनुभएको थियो ।
बहस दोस्रो पटक हुन लागेको भएपनि डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्प भने पहिलो पटकसँगै बहसमा सहभागी हुन लाग्नुभएको बीबीसीले जनाएको छ । यो बहस टेलिभिजनमा धेरैले हेर्ने र कसलाई भोट दिने भन्ने तय गर्न अमेरिकी मतदातालाई सहयोग पुग्ने अपेक्षा छ ।
अमेरिकाको एबीसी टेलिभिजनबाट प्रसारण हुने बहस कार्यक्रम एबीसी न्यूज लाइभ, डिज्नी प्लस र हुलु बाट पनि प्रत्यक्ष प्रसारण हुने खबरमा उल्लेख छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका सन्दर्भमा लामो समयदेखि विभिन्न सर्वेक्षण हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।