नागढुङ्गामा गाडीको चापले जाम खुलाउन समस्या

 भदौ २५, २०८१ मंगलबार १०:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – हिजो बेलुकादेखि अवरुद्ध काठमाण्डौ–मुग्लिङ सडक खण्ड गएरातिदेखि दुईतर्फी नै खुलेको छ । तर लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा सडक अवरुद्ध भएर गाडी रोकिएकाले अहिले पनि यो सडकमा गाडी चापमा चलिरहेका छन् ।

अवरुद्ध सडक खुले पनि गाडीको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुईतर्फ नै गाडी पास हुन थाले पनि जाम खुल्न केही समय लाग्ने ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाण्डौ उपत्यका प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुङ्गामा दुवैतर्फ गाडीको लामो जाम छ । जामका कारण काठमाण्डौ–मुग्लिङ सडक खण्ड र काठमाण्डौ उपत्यकाभित्रका थानकोट, कलंकी, त्रिपुरेश्वरलगायतका सडकमा समेत गाडीको चाप बढेकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया