पोल्यान्डकाे सबैभन्दा ठूलो नदी जलवायु परिवर्तनका कारण सुक्ने अवस्थामा, २२ सेन्टिमिटर मात्रै पानी

 भदौ २५, २०८१ मंगलबार १५:१८:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पोल्यान्डकाे सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको छ । जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजधानी वार्सासहित वरपरका क्षेत्रमा नदीमा बालुवा मात्रै देखिन थालेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार उत्तरी गोलार्धमा यसपटक गर्मीले रेकर्ड तोड्दा धेरै क्षेत्रमा खडेरी निम्त्याएको छ । जसको असर विस्टुला नदीमा देखिएको हो ।

पोल्यान्डकाे मौसम विज्ञान तथा जल व्यवस्थापन संस्थान (आईएमजीडब्ल्यू) को तथ्याङ्कले वार्साको मापन विन्दुमा नदीमा २२ सेन्टिमिटर मात्रै पानी रहेको छ । यो इतिहासकै कमी हो । यसअघि सन् २०१५ मा यो रेकर्ड २६ सेन्टिमिटर थियो । वार्सामा नदीको गहिराइ सामान्यतया १ सय ५ देखि २ सय ५० सेन्टिमिटर हुन्छ ।

आईएमजीडब्ल्यूका प्रवक्ता ग्रजेगोर्ज वालिजेभस्कीले उच्च तापक्रम, न्यून वर्षा, जाडोको समयमा भइरहेको न्यानो लगायतका कारण पानीको स्रोत सुक्दा नदी पनि सुक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

नदी कति उथलपुथल भएको छ भनेर खोज्दै हिँडेका पत्रकारहरूले वार्साबाट ६० किलोमिटर टाढा राडवानकोभ गाउँ नजिकै 'मूस' अर्थात् एक प्रकारकाे मृगले समेत नदी पार गरेको भिडियो खिचेका छन् । नदीमा पानी सुक्न थालेपछि माछासहितका जीवजन्तु खतरामा परेका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया