सरकारी कार्यालयमा शेयर कारोबार गरिने 'टीएमएस' चलाउन नपाइने

 भदौ २५, २०८१ मंगलबार १७:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि 'टीएमएस' चलाउन रोक लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाएर 'टीएमएस' नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । कार्यालयले सबै पालिकामा 'टीएमएस' नचल्ने व्यवस्था गर्न पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै पत्रमा कार्यालय समयमा 'टीएमएस' चलाए/नचलाएको प्राविधिक रूपमै जाँच गर्नसमेत आदेश दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार सरकारी तथा सार्वजनिक निकायमा 'टीएमएस' चलाउन रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया