४ जना यात्रीसहित 'स्पेसएक्स' को अन्तरिक्षयान प्रक्षेपण

 भदौ २५, २०८१ मंगलबार १८:२४:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएफपी

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी 'स्पेसएक्स' ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि अमेरिका, रुस, चीनलगायतका देशले अन्तरिक्षमा हावामा हिँड्ने यात्री पठाएकोमा आज अन्तरिक्षमा गएका यात्रीहरू 'स्पेस वाक' अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुनेछन् ।

मिसनको धेरैजसो रकम खर्च गर्ने अर्बपति जेरेड इसाकम्यानले यानको क्याप्सुल बाहिर निस्केर निजी स्पेस वाक पूरा गर्ने पहिलो गैरव्यावसायिक अन्तरिक्षयात्री बन्ने लक्ष्य राख्नुभएको बीबीसीले जनाएको छ । यस्तै यो टोली अमेरिकी अन्तरिक्ष अभियान एपोलोपछि अन्तरिक्षमा सबैभन्दा टाढासम्म यात्रा गर्ने टोली पनि बन्नेछ ।

टोलीले ब्रह्माण्डमा विकिरण प्रभाव र अन्तरिक्ष भ्याकुम्प (हावा नभएको खाली ठाउँ) बारेमा अध्ययन गर्नेछ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया