पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा आजदेखि शुरू हुँदैछ । महासभामा भाग लिन नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असोज ५ गते अमेरिका जाने तयारी छ । महासभा आजदेखि शुरु हुने भए पनि विभिन्न विषयगत छलफलहरू असोज ८ गतेदेखि १२ गतेसम्म हुनेछ ।
महासभामा विभिन्न राज्य र सरकार प्रमुखहरू तथा मन्त्रीहरूले शान्ति, सुरक्षा र दिगो विकासलाई अगाडि बढाउनका लागि छलफल गरी विश्वव्यापी चुनौतीको समाधान खोज्नेछन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिका, विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिलता र त्यसले पारेको असर, जलवायु परिवर्तन, खाद्य सङ्कटलगायतको विषयमा आफ्नो धारणा राख्ने तयारी गर्नुभएको छ । त्यसअघि असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको तर्फबाट सक्रिय सहभागिता हुनेछ ।
समिटमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिको सहभागिता रहने छ । समिटमा विश्वको राज्य व्यवस्थामा देखिएको गम्भीर चुनौतीहरू र त्यसका समाधानको बारेमा छलफल हुने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।