दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

 भदौ २६, २०८१ बुधबार १३:५३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।

विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेकाे छ । सहायक प्रवक्ता डा. पोखरेलका अनुसार नयाँ नोटको सट्टामा सर्वसाधारणले सुकिला र सफा नोट पाउनेछन् ।

यस वर्ष असोजको २६ गते दशैँको टीकाको मुख्य दिन परेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया