लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

 भदौ २७, २०८१ बिहीबार ८:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि शनिवार बिहानसम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हुरीबताससहित ठूलो वर्षाको सम्भावना छ ।

लगातारको वर्षाले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । हिजो बेलुकीदेखिको वर्षाले कालीकोटको गगनेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया