तीन दिन कर्णाली, महाकाली  र यसका सहायक नदीहरूमा बाढीको जोखिम

 भदौ २७, २०८१ बिहीबार ११:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज बिहानैदेखि कञ्चनपुर, कैलाली, बर्दियालगायत ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । ठूलो वर्षा भएका ती ठाउँका नदीहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै आज बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न र त्यस क्षेत्र आसपास उच्च सतर्कता अपनाउन महाशाखाले सुचना निकालेर अनुरोध गरेको छ ।

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, अछाम, बाजुरा, बझाङ र आसपास जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार अबको तीन दिन कोशी, बाग्मती, गण्डकी प्रदेश भई बहने स–साना नदीहरुमा पनि बाढीको जोखिम छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया