पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – लगातारको वर्षासँगै पहिरोका कारण डडेलधुराका विभिन्न राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुराको साहुखर्कमा पहिरो खस्दा कैलाली–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
डडेलधुरा प्रहरीका अनुसार गन्यापधुराको रडुवामा समेत पहिरो खस्दा डडेलधुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग तथा आलितालमा खसेको पहिरोले जोगबुढा–बुडर सडक बन्द भएको छ ।
यस्तै लगातारको वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलाउन समस्या भएको हो । अस्ति बेलुकी कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र एसमोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भए पनि लगातार पानी परिरहेकाले नसकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
यस्तै वर्षाका कारण दैलेख, कालिकोट, जुम्ला र मुगुमा विद्युतसेवा पनि अवरुद्ध भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।