पोखरा बजार क्षेत्र भित्रको तीन सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

 भदौ २८, २०८१ शुक्रबार १५:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कास्कीको पोखरा बजार क्षेत्र भित्रको तीन सय ८९ रोपनी तीन आना दुई पैसा जग्गा सरकारको स्वामित्वमा आएको छ । यसअघि गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालय कास्कीका प्रमुखसँग छलफल गरी अतिक्रमित जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिनुभएको थियो । सबै कानुनी आधार पूरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्कीका मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार व्यक्तिकाे नाममा दर्ता भएका, लामो समयसम्म कानूनी रूपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानविनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो ।

पोखरा महानगरपालिकाको वडा एक पि.एन.क्याम्पससँग साँध सिमाना जोडिएको झन्डै दुई सय २२ रोपनी, वडा एक कै २५ रोपनी, वडा ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी, ढिकुरपोखरी वडा–५ को ९७ रोपनीलगायतको जग्गा सरकारको नाममा आएको मालपोत कार्यालय कास्कीका प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया