भोटेकोशीमा गाडी खस्यो, क्रेनको सहायताले निकाल्ने प्रयास

 भदौ २८, २०८१ शुक्रबार १८:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एउटा गाडी खसेको छ । बाह्रबिसे नगरपालिका–६ मा गाडी भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईकाअनुसार गाडीलाई क्रेनको सहायताले निकाल्ने प्रयास गरिएको छ । तर नदीमा पानीको बहाव उच्च भएकाले समस्या भइरहेको छ ।

कुन गाडी, कहाँ जाँदै थियो, कति मानिस थिए भन्ने बारेका विवरण प्राप्त नभएको डीएसपी भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया