वैदेशिक राेजगारीमा विभिन्न देश पठाइदिने भन्दै झन्डै ७ लाख ठगी गर्ने ३ जना पक्राउ

 भदौ ३१, २०८१ सोमबार १५:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै झन्डै सात लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका घर भई काठमाण्डौको तिलगङ्गा बस्ने ४४ वर्षीय त्रिलोककुमार यादव, खोटाङको रावाबेसी गाउँपालिका घर भई काठमाण्डौको चावहिल बस्ने २५ वर्षीय रामप्रसाद रिजाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई काठमाण्डौको बौद्ध बस्ने २० वर्षीय सुजन स्याङ्बो रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यादवले तीन जनाबाट तीन लाख, रिजालले तीन जनाबाट दुई लाख ४० हजार र स्याङ्बोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ उठाएका थिए ।

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया र दुबई लगायतका देशहरूमा लैजाने भन्दै ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया