ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग

 असोज १, २०८१ मंगलबार ६:३२:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली हान्ने असफल प्रयासपछि ५८ वर्षीय रेयान वेस्ले राउथ पक्राउ परेका थिए ।

उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । अदालतको संक्षिप्त सुनुवाइका क्रममा हिजो राउथले  न्यायाधीशका प्रश्नमा अपराध स्वीकार गरिसकेका छन् ।

भौतिक संरचना  निर्माण क्षेत्रमा कार्यरत रहेका उनले नियमित रूपमा सामाजिक सञ्जालमा राजनीति र वर्तमान घटनाका बारेमा लेख्ने गरेका पाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समयमा उनले ट्रम्पकोबारेमा आलोचनात्म टिप्पणीसमेत लेख्दै आएका थिए ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया