प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस

 असोज १, २०८१ मंगलबार ७:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा धेरै अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । तीमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवम् परिषद् सदस्य इन्दिरा रानामगरले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आउँदो असोज १८ गते अवकाशमा जाँदै हुनुहुन्छ । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । न्यायपरिषद्ले राउतसँगै सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रूपमा उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । उदयपुरमा २०१७ साल चैत १८ मा जन्मिएका राउत संसदीय सुनुवाइबाट अनुमोदित भएमा झण्डै १८ महिना न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया