म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
न्युजिल्याण्डमा भएको चरासम्बन्धी प्रतिस्पर्धात्मक प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइन होइहोले वर्षको चरा उपाधि जितेको छ । न्युजल्याण्डमा यो प्रतियोगिता सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक मानिन्छ । चराका लागि भएको प्रतियोगितामा ५० हजारभन्दा धेरै मानिस सहभागी भएर मतदान गरेका बीबीसीले जनाएको छ ।
विश्वको दुर्लभ पेंगुइन प्रजातिहरूमध्ये एक मानिने होइहो न्युजिल्याण्डमा मात्र पाइन्छ । प्रतियोगिता सञ्चालन गर्ने सङ्गठन ‘फरेस्ट एन्ड बर्ड’ का अनुसार, होइहोले ६ हजार ३ सय २८ भोटसहित उपाधि जितेको हो । होइहोले करुरे चाथम टापुमा रहेका ब्लयाक रोविन नामको चरालाई ५ हजार भन्दा बढी भोटलेपछि परेको छ । होइहोको कडा र चर्को आवाज भए पनि यो अत्यन्तै लजालु प्रजाति हो ।
सङ्गठनले दुर्लभ र लोप हुने अवस्थामा रहेका चरा संरक्षणका लागि यो प्रतियोगिताले मदत गर्ने बताएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अनुसार होइहो प्रजातिको सङ्ख्या घटिरहेको र सङ्कटग्रस्त अवस्थामा रहेको छ ।
गएको वर्ष न्युजिल्याण्डको दक्षिणी तालहरूमा देखिने सबैभन्दा राम्रो पौडिनसक्ने मानिएको पुटेकेटेके नामको चराले उपाधि जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।