तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यस वर्ष दुई वटा बच्चा जन्मिसकेका छन् भने ६ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार यसअघि २०८० सालमा दुई वटा र २०७९ मा ६ वटा छावा जन्मिएका थिए ।
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुनयोग्य हुने जनाइएको छ । उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ ।
चौधरीका अनुसार प्रजनन केन्द्रमा अहिले ११ माउ र १० छावा छन् । हात्ती प्रजनन केन्द्र विं.सं. २०४४ देखि शुरू भएको हो । विं.सं. २०५४ देखि बच्चा जन्मिन थालेका थिए । अहिलेसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।