आज बिरामी सुरक्षा दिवस : बिरामी र स्वास्थ्य सुरक्षाबारे चेतनामूलक कार्यक्रम गरी मनाइँदै

 असोज १, २०८१ मंगलबार १३:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही वर्षको सेप्टेम्बर १७ तारिखदेखि विश्व बिरामी दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयले बिरामीका लागि सही निदान प्राप्त गर्न सहयोग पुग्ने पाँच कुरालाई जोड दिएको छ ।

ढिलो, गलत र अपूरो निदानले स्वास्थ्यमा जोखिम बढाउँछ तर रोगका लक्षण र समस्याबारे स्वास्थ्यकर्मीलाई बताउने, पर्खिनुपर्ने समयबारे सोधीखोजी गर्ने, स्वास्थ्यकर्मीबाट आवश्यक सल्लाह लिने तथा परीक्षणको नतिजा आएपछि पुनः स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया