देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन

 असोज १, २०८१ मंगलबार १५:१०:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको छ । पुटिनले रुसका सेनाको सङ्ख्या एक लाख ८० हजार जना थप गरेर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ ।

१५ लाख जना सेना पुगेमा रुस चीनपछि सबैभन्दा धेरै सेना भएको देश बन्नेछ । पुटिनको निर्देशन पूर्ण पालना भएमा त्यहाँ सक्रिय सेनाको सङ्ख्या भारत र अमेरिकाभन्दा पनि धेरै हुनेछ । रुसमा सबैखालका सुरक्षा फौजको सङ्ख्या २२ लाख नाै हजार जना रहेको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण थालेपछि सेनाको सङ्ख्या बढाउन पुटिनले निर्देशन दिएको यो तेस्रोपटक हो । अघिल्लो महिना युक्रेनले रुसको कुर्स्क क्षेत्रको केही भाग कब्जा गरेपछि रुस आक्रामक बनेको छ ।

रुसको तल्लो सदनको रक्षा समितिका सदस्य आन्द्रेइ कार्तापोलोभले देशको आवश्यकता र अन्तर्राष्ट्रिय अवस्था हेरेर सङ्ख्या बढाउनु उचित रहेको ठहर गरिएको बताउनुएको छ ।

रुसले सक्रिय सेनासँगै स्वयंसेवकको सङ्ख्या पनि थपिरहेको छ । रुससँग सीमा जोडिएका फिनल्यान्डसहितका देशसँग तनाव बढेपछि देशको उत्तर–पश्चिम क्षेत्रमा सेनाका थप युनिट परिचालन गर्नका लागि पनि सेनाको सङ्ख्या बढाउन थालेको उहाँले बताउनुभएको छ । फिनल्यान्ड नाटोको सदस्य देश पनि हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया