सल्लाघारीमा रहेकाे १ सय ८ रोपनी जग्गा ख्वप विश्वविद्यालयका लागि माग

 असोज १, २०८१ मंगलबार १५:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय सञ्चालनका लागि नेपाल ट्रस्टको नाममा रहेको जग्गा उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।

भेटमा मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रस्टको नाममा रहेको जग्गाको खोजी भइरहेको जानकारी दिँदै ट्रस्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाल ट्रस्टको स्वामित्व कायम हुने ढङ्गले सल्लाघारीको एक सय आठ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रस्टको नीतिअनुसार त्यो जग्गा नगरपालिकालाई दिन मिल्ने/नमिल्ने अध्ययन गरिने जानकारी गराउनुभयो ।

यस्तै भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले ट्रस्टको सहमतिमा नगरपालिकाको खर्चमा एक सय आठ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाई संरक्षण गर्दै आइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया