म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
लेबनानमा विद्रोही समूह हिजबुल्लाका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते माध्यम पेजर विस्फोट हुँदा एक बालकसहित नौ जनाको ज्यान गएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले दिएको जानकारीअनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटको घटनामा इरानका लागि लेबनानका राजदूतसहित दुई हजार आठ सय जना घाइते भएका छन् ।
इरानले समर्थन गरेको हिजबुल्ला समूहले हिजबुल्लासँग सम्बन्धित सङ्घ संस्थामा आवद्ध कर्मचारीले प्रयोग गरेका पेजरहरू विष्फोट भएको भन्दै एक बालकसहित आफ्ना आठ जना लडाकुको ज्यान गएको दाबी गरेको छ । हिजबुल्लाले यो आपराधिक आक्रमण इजरायलले गरेको आरोप लगाउँदै न्यायपूर्ण बदला लिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।
यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विस्फोट हुनु केही घण्टा अघि, इजरायलको सुरक्षा क्याबिनेटले देशको उत्तरमा भइरहेका हिजबुल्लाका आक्रमणहरू रोक्ने र विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने लक्ष्य रहेको घोषणा गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घले लेबनानमा भएका पछिल्ला घटनाहरूलाई अत्यन्तै चिन्ताजनक रहेको भन्दै आएको छ । गएको वर्ष अक्टोबर ७ मा गाजामा इजरायल र विद्रोही समूह हमासबीच युद्ध शुरू भएयता इजरायल–लेबनान सीमामा दैनिक रुपमा झडप हुँदै आएको छ । हिजबुल्लाले हमास समर्थित प्यालेस्टिनी समूहको समर्थन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।