औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

 असोज २, २०८१ बुधबार १५:१४:४३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ ।

प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ ।

ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने (एन्टिभाइरल), फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि औषधि र खोपले समेत काम नगर्ने र सङ्क्रमणका कारण ज्यान गुमाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

खोप र सरसफाइमा सुधारका कारण धेरै साना बच्चामा एएमआरको प्रभाव घट्दै गए पनि पाका उमेरका व्यक्तिमा यसको असर धेरै देखिएको छ । प्रतिवेदनमा सङ्क्रमण अझ राम्ररी रोके, स्वास्थ्यमा पहुँच बढाए र नयाँ एन्टिबायोटिक बनाए विश्वभर दशौं लाख मानिसको ज्यान जोगाउन सकिने पनि उल्लेख छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया