'मिस्टर काठमाण्डाै' विजेता प्रकाश राईकाे निधन

 असोज २, २०८१ बुधबार १५:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच दिनअघि मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।

आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकाेमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो ।

मोरङको पथरीका ४५ वर्षीय राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आएकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ ।

गएकाे शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौं खुला मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिता राईले जित्नुभएको थियो ।

तस्बिर : मेराे फिटनेशबाट

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया