एसईईको उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने गरी काम भइरहेको छ : प्रधानमन्त्री ओली

 असोज २, २०८१ बुधबार १८:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजालाई ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल शुरू भइसकेको बताउनुभएकाे छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज काठमाण्डाैमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसईईको नतिजामा उल्लेख्य सुधार गर्ने काम थालिएको बताउनुभएकाे हाे ।

यस्तै कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी काम गरिरहेको बताउनुभयो । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको हो ।

यसैबीच दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले श्री माविलाई तीन लाख रुपैयाँसहित पुरस्कृत गर्नुभएको हो । यस्तै दोस्रो भएको काठमाण्डाैको विश्व निकेतन माविले दुई लाख र तेस्रो भएको दाङकै जनकल्याण माविले एक लाख रुपैयाँ पाएका छन् ।

दिवसका अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रा पदक पाउनेको नाम घोषणा गरेको छ । तर आर्थिक अभाव भएकोले पदकहरू वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया