धरहरा भाेलिदेखि अस्थायी रूपमा सञ्चालनमा आउने

 असोज २, २०८१ बुधबार १८:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भोलिदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालको वैशाख ११ गते नै उद्घाटन गर्नुभएको धरहरा भोलि संविधान दिवसको अवसर पारेर सार्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

यसअघि उद्घाटन गर्दा धरहराको स्तम्भ निर्माण भइसकेकाे भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । ६ पटकसम्म म्याद थप गरिएको धरहरा भोलि फेरि अस्थायी रूपमै उद्घाटन हुन लागेको हो ।

यसैबीच संविधान दिवसको अवसरमा कैदीहरू नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरूको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेकोले संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।

यसअघि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गणतन्त्र दिवसमा पनि रिहा भएका थिएनन् । सरकारले संविधानमा छुट्ने भनेर असार ९ गते ६ सय २० जना र भदौ १७ गते चार सय २० जनाको सूची सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया