अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पाैडेल

 असोज २, २०८१ बुधबार १८:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने अवस्था आउने बताउनुभएको छ ।

ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आज आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवस समारोहमा मन्त्री पाैडेलले अब देशमा ५० वर्षमाथि उमेर समूहको सङ्ख्या बढ्दै जाने र उनीहरूको स्वास्थ्य पनि राम्रो नहुने अवस्था देखिएकोले यसको असर वृद्ध भत्तामा पनि पर्न सक्ने बताउनुभयो ।

उपचार पद्धतिका बारेमा काम भइरहेको तर स्वस्थ खानेकुरा प्रति ख्याल नगरेको भन्दै मन्त्री पौडेलले निरोगी हुनतर्फ ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया