राष्ट्रसङ्घको महासभामा भाग लिन उपमेयर डङ्गोल अमेरिका प्रस्थान

 असोज ३, २०८१ बिहीबार ९:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन गएराति अमेरिका प्रस्थान गर्नुभएको छ ।

उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गर्नुभएको थियो । डङ्गोलसँगै मनोनयनमा पर्नुभएका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गर्नुभएको छ ।

महासभाको गएको भदौ २७ गते औपचारिक उद्घाटन भइसकेको छ । महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर’ मा उपमेयर डङ्गोललाई काठमाण्डौमा रहेको यूएनको प्रतिनिधि कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपमेयर डङ्गोल सहभागी हुनुहुनेछ ।

उपमेयरको सचिवालयका अनुसार उहाँले समिटका साथै संयुक्त राष्ट्रसङ्घका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया